23 त्यति नै बेला अशुद्ध आत्मा लागेको एक जना मानिस सभाघरमा यसरी करायो, 24 "हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्वरको पवित्र जन हुनुहुन्छ!"
25 येशूले त्यसलाई हकारेर भन्नुभयो, "चुप लाग्! त्यसबाट निस्किजा!" 26 अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्लायो, र चिच्याएर त्यसबाट निस्क्यो।