येशूले कुष्ठरोग लागेको मानिसलाई निको पार्नुभएको
40 एक जना कुष्ठरोग लागेको मानिस उहाँकहाँ आएर घुँडा टेक्दै उहाँसित बिन्ती गर्यो, "यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।"
41 दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्नुभयो, "म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!" 42 तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो, र त्यो शुद्ध भयो।