24 "तर ती दिनहरूमा, विपत्तिपछि तुरुन्तै,
" ‘सूर्य अँध्यारो हुनेछ,
र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन;
25 आकाशबाट ताराहरू खस्नेछन्,
अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’13:25 यशै 13:10; 34:4
26 "त्यसपछि मानिसको पुत्रलाई मानिसहरूले महाशक्ति र महिमासित बादलमा आइरहेको देख्नेछन्। 27 अनि उसले आफ्ना दूतहरूलाई आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट बटुल्नलाई पठाउनेछ, अर्थात् पृथ्वीको एक कुनादेखि आकाशको अर्को कुनासम्म पठाउनेछ।