9 "तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिनेछ, र सभाघरहरूमा लगेर कोर्रा लगाइनेछ। मेरो कारणले गर्दा तिमीहरूलाई साक्षीको रूपमा राज्यपालहरू र राजाहरूको सामु उभाइनेछ। 10 अनि अन्त्य आउनुभन्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गरिनुपर्छ।