61 तर येशू चुप रहनुभयो, र केही जवाफ पनि दिनुभएन।
प्रधान पुजारीले फेरि उहाँलाई सोधे, "के तँ परमधन्यका पुत्र ख्रीष्ट होस्?"
62 येशूले भन्नुभयो, "म हुँ; अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसिरहेको र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।"