येशूलाई दफन गरिएको
42 त्यो दिन तयारीको दिन (अर्थात्, शब्बाथ दिनको अगिल्लो दिन) थियो। यसकारण जब साँझ हुन थाल्यो, 43 अरिमथिया निवासी योसेफ, सभाका एक जना प्रमुख सदस्य, जो आफूले परमेश्वरको राज्य पर्खिरहेका थिए। तिनी साहससित पिलातसकहाँ गएर येशूको लास मागे।