39 उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, "चुप लाग्! शान्त होइजा!" तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो।
40 उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, "तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्वास छैन?"
41 तिनीहरू निकै डराए, र आपसमा भने, "यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!"