38 जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; तब येशूले मानिसहरू रुँदै र कराउँदै खैलाबैला गरिरहेका देख्नुभयो। 39 उहाँ भित्र पसेर तिनीहरूलाई भन्नुभयो, "किन यस्तो रुवाइ र खैलाबैला गर्छौ? केटी मरेकी छैन, तर निदाइरहेकी छे।" 40 तर तिनीहरूले उहाँको उपहास गरेर हाँसे।
उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो; अनि केटीका बुबा, आमा र आफूसित भएका चेलाहरूलाई लिएर केटी भएको ठाउँमा जानुभयो। 41 उहाँले त्यसको हात समात्नुभयो र त्यसलाई भन्नुभयो, "तालिता कौम!" (जसको अर्थ हो, "हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!")। 42 तब त्यो केटी तुरुन्तै जुरुक्क ऊठी, र यताउता हिँडी (ऊ बाह्र वर्षकी थिई)। यो देखेर तिनीहरूले अति अचम्म माने।