6 उहाँले जवाफ दिनुभयो, "तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए; जस्तो लेखिएको छ:
" ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्,
तर तिनीहरूको हृदय मदेखि टाढा छ।
7 तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्,
तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’7:7 यशै 29:13
8 तिमीहरू परमेश्वरका आज्ञाहरू त्यागेर मानिसहरूको परम्परामा लागिरहन्छौ।"