9 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: "तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ! 10 किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’7:10 प्रस 20:12; व्यव 5:16 अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’7:10 प्रस 21:17; लेवी 20:9 11 तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुर्बान हो’ अर्थात् परमेश्वरलाई चढाइसकिएको भेटी भन्यो भने, 12 तिमीहरू त्यसलाई आफ्ना बुबा वा आमाका लागि केही गर्न दिँदैनौ। 13 यसरी तिमीहरूले चलिआएको आफ्ना परम्पराद्वारा परमेश्वरको वचनलाई व्यर्थको तुल्याउँछौ। तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।"