8 "के कुनै मरणशील मानिसले परमेश्वरलाई लुट्छ र? तर तिमीहरूले त मलाई लुटेका छौ।
"तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ र?’
"दशांश र भेटीहरूमा लुटेका छौ। 9 तिमीहरूमाथि श्राप परेको छ—तिमीहरूको पूरै राष्ट्रमा श्राप परेको छ; किनकि तिमीहरूले मलाई लुटिरहेका छौ। 10 सबै दशांश भण्डारमा ल्याओ, र मेरो भवनमा खानलाई भोजन होस्। यस कुरामा मलाई जाँचेर हेर, तिमीहरूका निम्ति म स्वर्गका ढोकाहरू खोलेर तिमीहरूका ढुकुटीमा अटाउने ठाउँ नै नहुने गरी, आशिष् बर्साउँछु कि बर्साउँदिनँ, सेनाहरूका याहवेह भन्नुहुन्छ।