14 तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो:
" ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ;
तिमीहरू देख्न त देख्छौ, तर कहिल्यै बुझ्नेछैनौ।
15 किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्।
तिनीहरूका कानले प्रायः सुन्दैनन्,
अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्।
नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए,
आफ्ना कानले सुन्नेथिए,
आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए,
र म तिनीहरूलाई निको पार्नेथिएँ।’13:15 यशै 6:9, 10"