स्वर्गको राज्यमा सबैभन्दा ठूलो
1 त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, "स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?"
2 उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो, 3 र भन्नुभयो, "म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। 4 यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ;