23 तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, "म साँच्चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति कठिन छ। 24 म फेरि तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।"
25 जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्क परे र सोधे, "त्यसो भए कसले उद्धार पाउन सक्छ त?"
26 येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, "मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।"