4 उहाँले उत्तर दिनुभयो, "के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्टिकर्ताले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो,’ 5 अनि भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्’? 6 यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।"
Publicidade
Publicidade