15 तर जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँले गर्नुभएका अद्भुत कार्यहरू देखे, र मन्दिरको इलाकामा बालबालिकाहरूले "दावीदका पुत्रलाई होसन्ना" भनेका सुने, तब तिनीहरू रिसाए।
16 तिनीहरूले उहाँलाई सोधे, "यी बालबालिकाहरूले के भन्दैछन्, तिमी सुन्दैछौ?"
येशूले जवाफ दिनुभयो, "हो, सुन्दैछु। के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ:
" ‘केटाकेटीहरू र शिशुहरूका ओठबाट
प्रभु, तपाईंले प्रशंसा निकाल्नुभएको छ?’21:16 भजन 8:2"