3 येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्क उहाँकहाँ आएर सोधे, "हामीलाई भन्नुहोस्, यो कहिले हुनेछ, र तपाईंको आगमन र जगत्को अन्त्यको चिन्ह के हुनेछ?"
4 येशूले जवाफ दिनुभयो: "होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। 5 किनकि धेरै जना ‘म ख्रीष्ट हुँ,’ भन्दै मेरो नाममा दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्। 6 तिमीहरूले लडाइँहरू र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ; तर अन्त्य आउन अझै बाँकी नै छ।