3 जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीस वटा चाँदीका सिक्काहरू मुख्य पुजारीहरू र प्रधानहरूलाई फर्काइदियो, 4 अनि भन्यो, "मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।"
तिनीहरूले जवाफ दिए, "हामीलाई यसको के मतलब? यो त तिम्रो जिम्मेवारी हो।"
5 यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, र झुण्डिएर मर्यो।