16 येशूले जब बप्तिस्मा लिनुभयो, तब उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो। अनि उहाँले परमेश्वरको आत्मालाई ढुकुरझैँ ओर्लंदै गर्नुभएको र आफूमाथि बस्न आउँदै गर्नुभएको देख्नुभयो। 17 अनि स्वर्गबाट यस्तो आवाज आएको सुनियो, "यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।"
Publicidade
Publicidade