44 तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर। अनि तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। 45 अनि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान बन्नेछौ। उहाँले दुष्ट र असल दुवैका निम्ति सूर्य उदाइदिनुहुन्छ। अनि धर्मी र अधर्मी दुवैका निम्ति पानी बर्साइदिनुहुन्छ।