31 यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर। 32 किनकि गैरयहूदीहरू यी कुराहरूका पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ। 33 तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। 34 यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्ट आजको निम्ति पर्याप्त छ।"
Publicidade