Pular para o conteúdo
Publicidade

मत्ती 7:7-11

प्रार्थनाको लागि प्रोत्साहन

7 "माग, र तिमीहरूलाई त्यो दिइनेछ। खोज र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ। 8 किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।

9 "तिमीहरूमध्ये त्यो को होला, जसको छोराले रोटी माग्यो भने उसलाई ढुङ्गा देला? 10 अथवा माछा माग्यो भने उसलाई सर्प देला? 11 यसरी तिमीहरू यति दुष्‍ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति असल उपहारहरू दिनुहुनेछ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.