2 कुष्ठरोग8:2 परम्परागत रूपमा अनुवाद गरिएको ग्रीक शब्द कुष्ठरोग लाई छालालाई असर पार्ने विभिन्न रोगहरूका लागि प्रयोग गरिन्थ्यो। लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, "हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।"
3 येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्नुभयो, "म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!" अनि तुरुन्तै त्यो आफ्नो कुष्ठरोगबाट निको भइहाल्यो। 4 तब येशूले त्यसलाई भन्नुभयो, "यो कुरा कसैलाई नभन्नू, तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ। अनि तिनीहरूलाई साक्षीका लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।"