26 अनि उहाँले जवाफ दिनुभयो, "हे अल्पविश्वासी हो, तिमीहरू किन डराउँछौ?" तब उहाँ उठ्नुभयो, र बतास र छालहरूलाई हकार्नुभयो, र बतास पूर्ण रूपले थामियो।
27 ती मानिसहरू छक्क परेर भने, "यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरू समेतले यिनको आज्ञा मान्दा रहेछन्।"