1 सबै मानिसहरू एउटै मनको झैँ भएर पानी मूलढोकाको सामुको चोकमा भेला भए। तिनीहरूले व्यवस्थाका शिक्षक एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउन लगाए, जुन व्यवस्था याहवेहले इस्राएलीहरूका निम्ति आज्ञा गर्नुभएको थियो।
2 यसैले पुजारी एज्राले सातौँ महिनाको पहिलो दिनमा पुरुषहरू र स्त्रीहरू र बुझ्न सक्ने सबै केटाकेटीहरू भेला भएका ठाउँमा सारा समुदायको सामु त्यो व्यवस्थाको पुस्तक ल्याए। 3 तिनले पानी मूलढोकाको सामु पुरुषहरू र स्त्रीहरू, र बुझ्न सक्ने केटाकेटीहरूको उपस्थितिमा बिहान घाम उदाएको समयदेखि दिउँसोसम्म चर्को आवाजमा व्यवस्थाको पुस्तक पढेर सुनाए। सबै मानिसहरूले व्यवस्थाको पुस्तकमा ध्यान दिए।
8 तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे; अनि पढेको कुरा स्पष्ट हुने गरी अर्थ लगाइदिए, ताकि जे पढिएको थियो, सो मानिसहरूले बुझ्न सकून्।
18 प्रत्येक दिन चाडको पहिलो दिनदेखि अन्तिम दिनसम्म एज्राले परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे। तिनीहरूले सात दिनसम्म चाड मनाए, र आठौँ दिनमा विधिअनुसार पवित्र सभा राखे।