Pular para o conteúdo
Publicidade

गन्ती 15:37-41

वस्त्रहरूमा झुम्काहरू

37 याहवेहले मोशालाई भन्‍नुभयो, 38 "इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘आउने पुस्ताभरिका लागि तिमीहरूका वस्त्रहरूका कुनामा निलो धागोको झुम्काहरू बनाउनू। 39 यी झुम्काहरू तिमीहरूले हेर्नलाई होस्, जसद्वारा तिमीहरूले याहवेहका सबै आज्ञाहरू सम्झनेछौ। अनि तिमीहरूका हृदय र आँखाका अभिलाषालाई पछ्याएर पथभ्रष्‍ट नभई उहाँको आज्ञाहरू पालन गर्नेछौ। 40 तब तिमीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नलाई याद गर्नेछौ। अनि तिमीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुनेछौ। 41 म याहवेह तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ "

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.