20 नाओमीले आफ्नी बुहारीलाई भनिन्, "याहवेहले उनलाई आशिष् देऊन्! जिउँदा र मरेकाहरूमाथि याहवेहले कृपा देखाउन छोड्नुभएको छैन।" तिनले भनिन्, "ती मानिस हाम्रा नजिकैका आफन्त हुन्। तिनी हाम्रो परिवारलाई मोल तिरेर छुटाउनेहरू मध्येका एक हुन्।2:20 मोल तिरेर छुटाउनेहरू मध्येका मूल भाषाअनुसार, अप्ठ्यारोमा परेको आफन्तलाई छुटाउने दायित्व भएको व्यक्तिको लागि कानुनी शब्द हो।"