Pular para o conteúdo
Publicidade

रूथ 4:13-22

नाओमीको छोरा भएको

13 यसकारण बोअजले रूथलाई लगे, र तिनलाई आफ्नी पत्नी तुल्याए। त्यसपछि तिनीहरूको सहवास भयो। याहवेहले तिनलाई गर्भधारण गर्ने शक्ति दिनुभयो, र तिनले एउटा छोरालाई जन्माइन्। 14 स्त्रीहरूले नाओमीलाई भने, "याहवेहको प्रशंसा होस्, जसले आज तपाईंलाई एउटा छुटाउने नातेदारविना छोड्नुभएन। इस्राएलभरि तिनी प्रसिद्ध होऊन्। 15 ती बालकले तपाईंको जीवनलाई नयाँ जीवन दिनेछन् र बुढेसकालमा तपाईंको पालनपोषण गर्नेछन्। किनकि तपाईंकी बुहारी, जसले तपाईंलाई प्रेम गर्छिन्, तिनी तपाईंको निम्ति सात भाइ छोराहरूभन्दा असल छिन्। तिनले यस बालकलाई जन्म दिएकी छिन्।"

16 त्यसपछि नाओमीले बालकलाई लिएर काखमा राखिन् र त्यसको स्याहार-सुसार गरिन्। 17 त्यहाँ बस्‍ने स्त्रीहरूले भने, "नाओमीको एउटा छोरा छ।" अनि तिनीहरूले त्यसको नाम ओबेद राखे। तिनी नै यिशैका पिता थिए। यिशैचाहिँ दावीदका पिता थिए।

दावीदको वंशावली

18 पेरेसको वंशावली यही नै हो:

पेरेस हेस्रोनका पिता थिए,

19 हेस्रोन आरामका पिता थिए;

आराम अम्मीनादाबका पिता थिए;

20 अम्मीनादाब नहशोनका पिता थिए,

नहशोन सल्मोनका4:20 केही प्राचीन पा.लि.हरूमा सल्मा पनि भनिएको छ। पिता थिए,

21 सल्मोन बोअजका पिता थिए,

बोअज ओबेदका पिता थिए;

22 ओबेद यिशैका पिता थिए,

अनि यिशै दावीदका पिता थिए।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

Rute
Ver todos os capítulos de Rute