10 versículos inspiradores para compartilhar no dia da mulher e homenageá-las
O Dia Internacional da Mulher é uma data especial para reconhecer o valor, a força e a sabedoria das mulheres. A Bíblia é repleta de versículos que exaltam o papel feminino e destacam sua importância na sociedade e na fé.
Separamos 10 versículos para inspirar e homenagear as mulheres neste dia tão significativo.
1. Provérbios 31:25
तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्;
भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्।
2. Provérbios 31:30
सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ;
तर याहवेहको डर मान्ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।
3. Juízes 4:4
त्यस बेला इस्राएलको नेतृत्व लप्पीदोतकी पत्नी अगमवादिनी दबोराले गरिरहेकी थिइन्।
4. Salmos 46:5
परमेश्वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन;
परमेश्वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।
5. Gênesis 1:27
यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो,
परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो;
पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
6. Lucas 1:45
धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्नुभएका कुरा पूरा हुनेछन् भनी विश्वास गरिन्।"
7. 1 Pedro 3:3-4
तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्। तर तिमीहरूको भित्री व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्वरको दृष्टिमा अति मूल्यवान् छ।
8. Provérbios 14:1
बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे;
तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
9. Cantares de Salomão 4:7
हे मेरी मायालु, तिमी असाध्यै सुन्दरी छ्यौ;
तिमीमा कुनै खोट छैन।
10. Êxodo 15:20
तब हारूनकी दिदी अगमवादिनी मिरियमले आफ्नो हातमा एउटा खैँजडी लिइन्; अनि अरू स्त्रीहरू पनि खैँजडी लिएर नाच्दै तिनको पछि-पछि लागे।
Estes versículos mostram a importância e o papel especial que Deus deu às mulheres. Compartilhe com aquelas que fazem diferença na sua vida e abençoe-as com essas palavras de fé e encorajamento.
Se esse conteúdo te ajudou, compartilhe a Palavra de Deus com seus amigos e familiares.