A fé vem pelo ouvir
A fé vem pelo ouvir, e o ouvir pela Palavra de Cristo. Quando a Palavra é proclamada, a fé nasce nos corações. Ouvir a Deus é o primeiro passo para crer e seguir.
A fé vem pelo ouvir
A fé vem pelo ouvir, e o ouvir pela Palavra de Cristo. Quem ouve a Palavra crê e obtém a salvação eterna.
किनकि यहूदी र गैरयहूदीमा केही भिन्नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ। किनकि "प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।"
तिनीहरूले विश्वास नै नगरेकोलाई कसरी पुकार्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्ने त? अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः "सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!"
तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, "हे प्रभु, कसले हाम्रो समाचारलाई विश्वास गरेको छ?" यसैले विश्वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्टको वचन प्रचारद्वारा आउँछ।
तिमीहरूबाट म यति मात्र जान्न चाहन्छु: के तिमीहरूले व्यवस्थाका काम पालन गरेर वा सुनेका सुसमाचारमा विश्वास गरेर परमेश्वरको आत्मा पाएका हौ?
जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्टमा समावेश भयौ। जब उहाँमा नै तिमीहरूले विश्वास गर्यौ, तब तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माद्वारा छाप लगाइएको थियो। परमेश्वरको महिमाको प्रशंसाका निम्ति, तिनीहरू जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूको पूर्ण उद्धार नहुन्जेल उत्तराधिकारको बैना हुनुहुन्छ।
"म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ।
म तिमीहरूलाई साँच्चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।
मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ: ‘तिनीहरू सबै परमेश्वरद्वारा सिकाइनेछन्।’ हरेक व्यक्ति, जसले पिताबाट सुन्छ र सिक्छ, त्यो मकहाँ आउँछ। परमेश्वरबाट आएको जनले बाहेक अरू कसैले पितालाई देखेको छैन। केवल उसैले मात्र पितालाई देखेको छ। म तिमीहरूलाई साँच्चै भन्दछु, जसले विश्वास गर्दछ, त्यससित अनन्त जीवन छ।
Ouvir e obedecer
Felizes os que ouvem a Palavra de Deus e a praticam. Quem tem ouvidos ouça o que o Espírito diz.
तर उहाँले जवाफ दिनुभयो, "बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।"
यदि कसैका सुन्ने कानहरू छन् भने त्यसले सुनोस् र बुझोस्।"
उहाँले तिनीहरूलाई भन्नुभयो, "सारा संसारमा गएर सबै सृष्टिलाई यो सुसमाचार सुनाओ।
तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो:
" ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ;
तिमीहरू देख्न त देख्छौ, तर कहिल्यै बुझ्नेछैनौ।
किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्।
तिनीहरूका कानले प्रायः सुन्दैनन्,
अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्।
नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए,
आफ्ना कानले सुन्नेथिए,
आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए,
र म तिनीहरूलाई निको पार्नेथिएँ।’"
"तर तिमीहरूका आँखा धन्यका हुन्; किनकि तिनले देख्छन्; अनि तिमीहरूका कान धन्यका हुन्; किनकि तिनले सुन्छन्।
अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्नुभयो, "सुन र बुझ।
कान थाप र मकहाँ आओ;
मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक।
म तिमीहरूसित अनन्तको करार बाँध्नेछु;
दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्वासयोग्य प्रेम।
उहाँले भन्नुभयो, "जा, र मानिसहरूलाई भन्:
" ‘तिमीहरू सधैँ सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ;
तिमीहरू सधैँ हेरिरहन्छौ, तर कहिल्यै देख्दैनौ।’
यी मानिसहरूका हृदय कठोर तुल्याइदे;
तिनीहरूका कानहरू मन्द गरिदे;
अनि तिनीहरूका आँखा बन्द गरिदे।
नत्रता तिनीहरूले आफ्ना आँखाहरूले देख्लान्,
र आफ्ना कानहरूले सुन्लान्;
तिनीहरूका हृदयहरूले बुझ्लान्;
अनि फर्कलान् र फेरि निको होलान्।"
अनि हाम्रो लागि पनि प्रार्थना गर, ताकि परमेश्वरले हामीलाई वचनको निम्ति ढोका खोलिदेऊन्; अनि हामीले ख्रीष्टको रहस्यको घोषणा गर्न सकौँ, जसको लागि म साङ्लामा बाँधिएको छु।