A palavra
A Palavra de Deus é viva, eficaz e mais cortante que espada de dois gumes. Ela é lâmpada, alimento e purificação — tudo o que o cristão precisa para viver e crescer em fé.
किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ।
तपाईंको विरुद्धमा पाप नगरूँ भनेर,
तपाईंको वचनलाई मैले मेरो हृदयमा लुकाइराखेको छु।
तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ;
त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ।
आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ।
आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्।
मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ।
येशूले जवाफ दिनुभयो, "धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’"
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
आफूलाई परमेश्वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
परमेश्वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ;