Agradecimento
O agradecimento é a linguagem natural do cristão. Em tudo dai graças! A gratidão a Deus transforma a perspectiva, fortalece a fé e produz alegria em todos os tempos.
Dar graças sempre
Em tudo dai graças, porque esta é a vontade de Deus em Cristo Jesus para convosco. A gratidão é atitude fundamental.
हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो।
हाम्रा प्रभु येशू ख्रीष्टको नाममा परमेश्वर पितालाई सधैँ सबै कुराको निम्ति धन्यवाद चढाओ।
तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ। तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ। अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ ती सबै, प्रभु येशूद्वारा परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्टको नाममा गर।
तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ।
तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ। अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ ती सबै, प्रभु येशूद्वारा परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्टको नाममा गर।
सतर्क भएर धन्यवादसाथ आफूलाई प्रार्थनामा अर्पण गर।
कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गरिऊन्।
Louvor e gratidão
Entrai pelas portas com ação de graças. Rendei graças ao Senhor porque Ele é bom e a sua bondade dura para sempre.
धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस;
र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर;
उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर!
याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ।
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ।
धन्यवाद चढाउँदै उहाँको सामु आऔँ,
भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ!
किनकि याहवेह महान् परमेश्वर हुनुहुन्छ,
सबै देवहरूमाथि महान् राजा।
याहवेहको प्रशंसा गर्नु
र हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।
बिहान तपाईंको अचुक प्रेमको
र राति तपाईंको विश्वासयोग्यताको घोषणा गर्नु,
धन्यवादको बलिदान चढाउनेहरूले नै मेरो आदर गर्दछन्,
जसले आफ्नो मार्ग सुधार्छ, म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु।"
तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद चढाउनेछु;
तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई उच्च पार्नेछु।
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
अनि अब, हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ,
र तपाईंको महिमित नामको प्रशंसा गर्छौँ।
Expressões de gratidão
Graças a Deus pelo seu dom inefável! A gratidão se expressa em oração, louvor e generosidade para com os outros.
उहाँको वर्णन गर्न नसकिने वरदानका निम्ति परमेश्वरलाई धन्यवाद होस्!
हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्वरलाई चढाउन धन्यवाद उत्पन्न गराउनेछ।
तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
परमेश्वरको अनुग्रह ख्रीष्ट येशूमा तिमीहरूलाई दिइएको कारण म तिमीहरूका लागि परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु।
सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु। किनकि तिमीहरूका विश्वासका कुराहरू सारा संसारमा प्रचार भइरहेको छ।
तिनीहरूले परमेश्वरलाई चिनेर पनि उहाँलाई परमेश्वरको रूपमा न महिमा दिए, न त धन्यवाद नै दिए। तर तिनीहरूको सोच व्यर्थ हुनगयो। तिनीहरूका मूर्ख हृदयहरू झन् अँध्यारा भए।
किनकि सबै कुरा उहाँमार्फत्, उहाँद्वारा र उहाँकै निम्ति हुन्।
उहाँलाई सदासर्वदा महिमा भइरहोस्! आमेन।
" ‘ "याहवेहले तिमीहरूलाई आशिष् देऊन्,
र तिमीहरूलाई रक्षा गरून्;
याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्,
र तिमीहरूप्रति अनुग्रही होऊन्;
याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्,
र तिमीहरूलाई शान्ति देऊन्।" ’
तर म धन्यवादको स्तुतिसहित
तपाईंलाई बलिदान चढाउनेछु।
मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु।
म भन्नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ "
हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूका लागि हामीले परमेश्वरलाई सधैँ धन्यवाद दिनैपर्छ।
जब म रातदिन प्रार्थनाहरूमा निरन्तर तिमीलाई सम्झन्छु, तब म परमेश्वरलाई धन्यवाद दिन्छु; जसको सेवा म मेरा पुर्खाहरूले गरेझैँ शुद्ध विवेकले गर्दछु।
मैले तिमीहरूलाई प्रार्थनामा सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन छोडेको छैनँ।
यसैकारण हामीले एउटा नहल्लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔँ;
हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौँ।
तिनीहरूलाई देखेर उहाँले भन्नुभयो, "जाओ, र आफैँलाई पुजारीकहाँ हेर्नुहोस् देखाओ।" अनि तिनीहरू जाँदा-जाँदै निको भए।
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो। येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो।
येशूले सोध्नुभयो, "के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्? के फर्किआएर परमेश्वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?" त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, "उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्वासले नै तिमीलाई निको पारेको हो।"
उहाँ कुनै गाउँमा पस्न लाग्नुहुँदा कुष्ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए; अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, "हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!"
तिनीहरूलाई देखेर उहाँले भन्नुभयो, "जाओ, र आफैँलाई पुजारीकहाँ हेर्नुहोस् देखाओ।" अनि तिनीहरू जाँदा-जाँदै निको भए।
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो। येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो।
येशूले सोध्नुभयो, "के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्? के फर्किआएर परमेश्वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?" त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, "उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्वासले नै तिमीलाई निको पारेको हो।"
जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु।