Publicidade

Eclesiastes 10

1 जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित पार्दछन्,

त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई नष्‍ट पार्दछ।

2 बुद्धिमान्‌को हृदय सही मार्गमा लाग्दछ,

तर मूर्खको हृदय गलत मार्गमा लाग्दछ।

3 बाटोमा हिँड्दै गर्दा पनि मूर्खलाई

समझको अभाव हुन्छ;

र सबैलाई त्यसले आफ्नो मूर्खता देखाउँदछ।

4 तिम्रो शासक तिमीसित रिसाए तापनि

आफ्नो पद नछोड;

शान्त स्वभावले ठूला भूलहरू सुधार्दछ।

5 सूर्यमुनि मैले एउटा खराबी देखेको छु,

यस्तो त्रुटी एउटा शासकबाट हुन्छ:

6 मूर्खलाई धेरै उच्‍च पदमा नियुक्त गरिन्छ;

तर धनी निम्न दर्जामा राखिन्छ।

7 मैले कमाराहरूलाई घोडाहरूमाथि सवार भएका,

तर भारदारहरूचाहिँ कमाराहरूझैँ पैदल हिँडिरहेका देखेको छु।

8 जसले खाडल खन्छ, त्यसभित्र त्यो आफैँ नै जाकिन सक्छ;

जसले पर्खाल भत्काउँछ, त्यसलाई नै सर्पले डस्‍न सक्छ।

9 ढुङ्गाको खानी खन्‍ने मानिसलाई त्यसैबाट चोट लाग्न सक्छ;

काठ चिर्ने मानिसलाई त्यसैबाट खतरा हुन सक्छ।

10 यदि बन्चरो बोधो छ,

र त्यसको धार उध्याइएको छैन भने,

ज्यादै बल प्रयोग गर्नुपर्छ,

तर सिपले सफलता ल्याउँछ।

11 यदि सर्पलाई लट्ठ्याउन अगि नै त्यसले डस्यो भने,

सपेरालाई केही लाभ हुँदैन।

12 बुद्धिमान्‌का बोलीहरू अनुग्रही हुन्छन्,

तर मूर्खहरू चाहिँ आफ्नै ओठहरूद्वारा नाश हुन्छन्।

13 त्यसले सुरुमा नै मूर्ख कुरा गर्छ;

अन्त्यमा त्यसको कुरा दुष्‍ट पागलपना मात्र हुन्छ;

14 अनि मूर्खले धेरै बोल्छ।

त्यसले के-कसो भन्‍ने हो, सो कसैले जान्दैन;

त्यसपछि के हुने हो, सो कसले त्यसलाई भन्‍न सक्छ र?

15 मूर्खको कामले उसैलाई थकाउँछ;

त्यसले सहर जाने बाटोसमेत चिन्दैन।

16 धिक्‍कार छ, त्यो देशलाई, जसको राजा कमारा हो,

र जसका राजकुमारहरू बिहानै भोज गर्न बस्छन्।

17 त्यो देश धन्यको हो, जसका राजा कुलीन वंशका हुन्,

र जसका राजकुमारहरू उचित समयमा ठिक भोजन गर्छन्,

तिनीहरू शक्ति लाभ गर्नलाई भोजन गर्छन्, मतवाला हुनलाई होइन।

18 अल्छे मानिसको घरको धुरी भत्कन्छ;

र हातहरूका सुस्तपनाले घरको छानो चुहिन्छ।

19 भोज खुशीयालीको लागि तयार गरिन्छ;

दाखमद्यले जीवनलाई आनन्दित गराउँछ;

र पैसाले यी सबै थोक दिन्छ।

20 राजालाई आफ्ना मनमा समेत निन्दा नगर;

अथवा आफ्ना सुत्ने कोठामा धनी मानिसलाई नसराप!

किनकि आकाशका पक्षीले समेत तिमीले गरेका कुरा लगिदेला,

र त्यो उड्ने पक्षीले तिमीले भनेका कुरा सुनाइदेला।

Veja também

Publicidade
Eclesiastes
Ver todos os capítulos de Eclesiastes
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-