Publicidade

Eclesiastes 11

धेरै उद्यममा लगानी गर्नु

1 आफ्नो अन्‍न समुद्रपारि पठाऊ;

धेरै दिनपछि तिमीले त्यसको नाफा पाउनेछौ।

2 सात, आठ भागमा लगानी गर;

किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ।

3 यदि बादलहरू पानीले भरिएका छन् भने मात्र

तिनीहरूले पृथ्वीमा पानी बर्साउँछन्।

रूख चाहे दक्षिणपट्टि वा उत्तरपट्टि ढलोस्,

त्यो ढलेकै ठाउँमा लडिरहन्छ।

4 जसले बतासको गतिलाई विचार गरिबस्छ, त्यसले कहिल्यै बिउ छर्नेछैन;

अनि जसले बादलहरू हेरिबस्छ, त्यस मानिसले कटनी गर्नेछैन।

5 जसरी बतासको बाटो तिमी जान्दैनौ,

अथवा आमाको गर्भमा बच्‍चा कसरी बन्दछ बुझ्दैनौ;

त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने

परमेश्‍वरका कामहरू बुझ्न सक्दैनौ।

6 बिहानै तिमीले आफ्नो बिउ छर,

साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ;

किनकि कुनचाहिँ सप्रन्छ,

यो कि त्यो;

वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ।

युवाअवस्थामा आफ्ना सृष्‍टिकर्ताको सम्झना

7 ज्योति मनमोहक हुन्छ,

सूर्यलाई देख्दा आँखाहरू प्रसन्‍न हुन्छन्।

8 मानिस जतिसुकै वर्ष बाँचोस्,

त्यो ती सबैमा आनन्दित होस्।

तर अन्धकारका समयहरू पनि

धेरै हुन्छन् भनी स्मरण गरोस्।

जे कुरा हुन आउँछ, सबै अर्थहीन छ।

9 हे जवान मानिस, आफ्नो युवावस्थामा छँदै खुशी होऊ;

जवान रहुन्जेल तिम्रो हृदयले तिमीलाई आनन्द देओस्।

आफ्ना हृदयले चाहेको

र आँखाहरूले देखेका बाटोलाई पछ्याऊ!

तर याद राख: यी सबै कुराहरूका लागि

परमेश्‍वरले तिमीलाई लेखा लिनुहुनेछ।

10 यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख,

र शरीरका कष्‍टहरूलाई पनि फ्याँकिदेऊ;

किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।

Veja também

Publicidade
Eclesiastes
Ver todos os capítulos de Eclesiastes
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-