Alimento
O alimento é provisão de Deus para o corpo e a alma. Jesus disse: Eu sou o pão da vida. A Bíblia ensina a receber com gratidão, partilhar com generosidade e confiar no Provedor.
O pão da vida
Jesus disse: Eu sou o pão da vida. Quem vem a mim nunca terá fome. O alimento espiritual sacia plenamente.
तब येशूले घोषणा गर्नुभयो, "जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
नष्ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।"
येशूले जवाफ दिनुभयो, "धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’"
धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्,
किनभने तिनीहरू तृप्त हुनेछन्।
तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
"त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा पिऔँला अथवा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र?
परमेश्वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ;
Provisão divina
Deus provê alimento em abundância. Ele multiplica pães e peixes, enche os famintos e supre toda necessidade.
ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो। तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ,
र भोकाहरूलाई असल आहाराले सन्तुष्ट पार्नुहुन्छ।
सबै दशांश भण्डारमा ल्याओ, र मेरो भवनमा खानलाई भोजन होस्। यस कुरामा मलाई जाँचेर हेर, तिमीहरूका निम्ति म स्वर्गका ढोकाहरू खोलेर तिमीहरूका ढुकुटीमा अटाउने ठाउँ नै नहुने गरी, आशिष् बर्साउँछु कि बर्साउँदिनँ, सेनाहरूका याहवेह भन्नुहुन्छ।
अब जसले बिउ छर्नेलाई बिउ दिनुहुन्छ, र खानलाई रोटी पनि दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बिउको भण्डार दिएर त्यसको वृद्धि गराउनुहुनेछ, र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ।
उदार मानिसको उन्नति हुनेछ;
जसले अरूलाई उत्साह दिन्छ, ऊ आफैँ पनि उत्साहित हुनेछ।
मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्,
जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ।
नहेम्याहले भने, "गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।"
Gratidão e moderação
Nada trouxemos para o mundo e nada levaremos. Tudo o que fizerdes, fazei para a glória de Deus — inclusive comer e beber.
किनकि हामीले यस संसारमा न केही ल्यायौँ, न त यसबाट केही लिएर जानेछौँ। तर यदि हामीसित खानेकुरा र लगाउने कुराहरू छन् भने हामी त्यसैमा सन्तुष्ट रहन सक्नुपर्छ।
यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्वरका महिमाको निम्ति गर।
तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे। अनि परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।
म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यसकहाँ भित्र आउनेछु; अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ।
सबै चीज खाने व्यक्तिले नखानेलाई तुच्छ नठानोस्, र सबै नखाने व्यक्तिले पनि सबै खानेलाई दोष नलाओस्। किनकि तिनीहरूलाई परमेश्वरले ग्रहण गर्नुभएको छ।
यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औँसी वा शब्बाथ दिन मनाउने कुरामा दोष नदियोस्। यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्टमा पाइन्छ।
उहाँले तिमीहरूलाई नम्र तुल्याउन भोकाउन दिनुभयो। त्यसपछि मन्न खुवाउनुभयो; जसलाई न तिमीहरूले, न त तिमीहरूका पितापुर्खाहरूले नै जानेका थिए। मानिस भोजनले मात्र जीवित रहँदैन, तर याहवेहको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर सिकाउनलाई त्यसो गर्नुभयो।
पानीमा भएका सबै प्राणीहरूमध्ये पखेटा र कत्ला भएकाहरू तिमीहरूले खान सक्छौ। तर तिमीहरूले पखेटा र कत्ला नभएका पानीका कुनै पनि प्राणी नखानू; तिमीहरूका निम्ति यी अशुद्ध हुन्।
तब परमेश्वरले तिनीहरूलाई भन्नुभयो, "हेर, म तिमीहरूलाई सम्पूर्ण पृथ्वीमा प्रत्येक बिउ भएका बिरुवा र फलमा बिउ भएका प्रत्येक रूख दिन्छु। ती तिमीहरूका भोजनका निम्ति हुनेछन्।
हरेक जीवित प्राणी तिमीहरूको भोजनको निम्ति हुनेछ। मैले तिमीहरूलाई हरियो सागपात दिएझैँ, अब तिमीहरूलाई सबै थोक दिन्छु।
"तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ।
मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ।