Amor de casal
O amor de casal é celebrado na Bíblia como dom sagrado. O Cântico dos Cânticos exalta a beleza do amor conjugal — íntimo, exclusivo e forte como a morte.
मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्,
तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्;
किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ;
यसको तिर्सना चिहानझैँ कठोर हुन्छ।
यो दन्कने आगोसमान दन्कन्छ,
यो शक्तिशाली ज्वाला जस्तै हुन्छ।
उर्लेको पानीले पनि प्रेमलाई निभाउन सक्दैन;
नदीले पनि त्यसलाई बगाउन सक्दैन।
यदि मानिसले प्रेमको निम्ति
आफ्नो घरको सारा धनसम्पत्ति दिइहाले तापनि
यो पूर्ण अवहेलना हुनेछ।
मित्रहरू
हे मेरी प्रिय, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छ्यौ;
तिम्रा आँखाको एक नजरले,
तिम्रो हारको एउटा रत्नले
तिमीले मेरो हृदय चोरेकी छ्यौ।
उहाँले मलाई आफ्ना ओठका चुम्बनहरूले चुम्बन गरून्—
किनकि तपाईंको प्रेम दाखमद्यभन्दा ज्यादा आनन्दमय छ।
तपाईंका अत्तरहरूका सुबास्ना सुगन्धित छ;
अत्तर खन्याइएको बास्नाजस्तै तपाईंको नाम सुगन्धित छ।
यसैकारण कन्याहरूले तपाईंलाई प्रेम गर्छन् भनेर अचम्म मान्नुपर्दैन!
हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ,
ओह, कत्ति सुन्दरी!
तिम्रा आँखाहरू ढुकुरजस्तै छन्।
प्रेमिका
हे मेरा प्रियतम, तपाईं कत्ति सुन्दर हुनुहुन्छ!
कत्ति सुन्दर हुनुहुन्छ!
हाम्रो ओछ्यान लहलहाउँदो छ।
प्रेमी
याहवेह परमेश्वरले भन्नुभयो, "मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।"
अनि याहवेह परमेश्वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।
अनि मानिसले भने,
"अब यो त मेरै हाडहरूका हाड
र मासुको मासु हो;
तिनलाई ‘स्त्री’ भनिनेछ,
किनकि तिनी मानिसबाट निकालिएकी हो।"
यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।
पत्नी पाउनेले असल कुरा पाउँछ,
र त्यसले याहवेहबाट निगाह प्राप्त गर्छ।
तिम्रो मुहान धन्यको होस्;
र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!
मायालु मृग, राम्री हरिणीजस्तै,
त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्ट राखून्,
तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस।
हे मेरो छोरा, तिमी किन अर्काकी पत्नीको मोहमा फस्छौ?
तिमी किन स्वेच्छाचारी स्त्रीलाई अँगालो हाल्छौ?
यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।"
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले सेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन। प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन। प्रेम दुष्टतामा खुशी हुँदैन, तर सत्यतासँग रमाउँछ। प्रेमले सधैँ रक्षा गर्छ, सधैँ भरोसा गर्छ, सधैँ आशा राख्छ र सधैँ स्थिर रहन्छ।
यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैँ प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैँलाई प्रेम गर्दछ। कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्टले मण्डलीलाई गर्नुहुन्छ।
हरेकले आफ्नी पत्नीलाई आफैँलाई झैँ प्रेम गरोस्, र पत्नीले आफ्ना पतिको आदर गरोस्।
अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ।
एक जनाभन्दा दुई जना असल हुन्,
किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:
यदि कुनै एउटा लड्यो भने,
अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ;
तर लड्दा उठाउने कोही नहुँदा
कस्तो दुःखको कुरा हुन्छ!
फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ;
तर एकलो त कसरी न्यानो हुन सक्छ र?
एकलो मानिसलाई कसैले जित्ला;
तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्।
अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।
के परमेश्वरले ती दुईलाई बनाउनुभएको होइन र? तिनीहरू दुवै शरीर र आत्मामा उहाँकै हुन्। अनि तिनीहरूबाट एक मात्र परमेश्वरले के खोज्नुहुन्छ र? ईश्वरभक्त सन्तानको चाहना गर्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र आफ्नो युवावस्थाकी पत्नीसित विश्वासघात नगर।
यदि कुनै मानिसले भर्खरै विवाह गरेको छ भने त्यसलाई युद्धमा नपठाइयोस्, र त्यसलाई अरू कुनै जिम्मेवारी नदिइयोस्। किनकि एक वर्षसम्म घरमा बस्न र आफूले विवाह गरेकी पत्नीलाई खुशी पार्नलाई त्यो स्वतन्त्र हुनुपर्छ।