amor de Deus
O amor de Deus é a maior realidade do universo. Ele nos amou com amor eterno, incondicional e sacrificial — e nada no mundo pode nos separar desse amor.
Amor eterno
Deus amou o mundo de tal maneira que deu o seu Filho. Seu amor é de eternidade a eternidade — nunca falha.
किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
बितेको समयमा याहवेह हामीकहाँ देखा पर्नुभयो र भन्नुभयो:
"अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु;
अचुक कृपाले मैले तँलाई आकर्षित गरेको छु।
याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ।
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
याहवेह कृपालु र अनुग्रही हुनुहुन्छ,
रिसाउनमा ढिलो र प्रेमले भरिपूर्ण।
तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्वर हुनुहुन्छ;
रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ।
तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ;
यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।
Natureza do amor divino
Deus é amor. O amor é paciente, benigno. O amor do Pai nos adota como filhos e nos transforma à sua imagem.
परमेश्वरको प्रेम र हाम्रो प्रेम
प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो, र त्यसले परमेश्वरलाई जान्दछ। जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिनेको हुँदैन; किनकि परमेश्वर प्रेम हुनुहुन्छ।
परमेश्वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो: पुत्रद्वारा हामी जिउन सकौँ भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो। प्रिय मित्रहरू हो, परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ।
अनि यसरी नै हामीप्रति परमेश्वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ।
परमेश्वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्वरमा जिउँछ, र परमेश्वर त्यसमा जिउनुहुन्छ।
हामी उहाँलाई प्रेम गर्छौँ; किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन।
हे प्यारा मित्रहरू हो, मैले तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेको छु, जो सुरुदेखि नै तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेको वचन हो। तापनि म तिमीहरूलाई एउटा नयाँ आज्ञा लेखिरहेको छु; यसको सत्यता उहाँमा र तिमीहरूमा देखिन्छ; किनकि अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ।
परमेश्वरप्रतिको प्रेम नै उहाँका आज्ञाहरू पालन गर्नु हो; अनि उहाँका आज्ञाहरू असजिला छैनन्;
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले सेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन।
Expressões do amor de Deus
O Senhor nos ama com alegria e canta sobre nós. Queni a mim vem, amará; e quem me ama, o Pai o amará.
याहवेह, तेरा परमेश्वर तँसित हुनुहुन्छ;
तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ।
उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ;
उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन,
तर तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ।"
मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु;
मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्।
मेरो दृष्टिमा तँ बहुमूल्य र आदरणीय छस्;
अनि मैले तँलाई प्रेम गरेको कारणले
म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई
तेरो जीवनको सट्टामा दिनेछु।
हे परमेश्वर, तपाईंको मन्दिरभित्र,
हामी तपाईंको अचुक प्रेमको ध्यान गर्छौँ।
तपाईंलाई चिन्नेहरूमा तपाईंको प्रेम
र सोझो हृदय भएकाहरूमा तपाईंको धार्मिकता निरन्तर रहिरहोस्।
म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।
तर कृपाका धनी परमेश्वरले हामीप्रतिको उहाँको महान् प्रेमका कारण, हामी अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्टसँग जीवित पार्नुभयो—परमेश्वरको अनुग्रहबाट नै तिमीहरूले मुक्ति पाएका छौ।
प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसित रहून्।
प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम र ख्रीष्टको धैर्यतामा डोर्याऊन्।