Aniversário de criança
O aniversário de uma criança é momento de celebrar o presente precioso que Deus deu. Cada criança é formada e conhecida por Deus desde antes de nascer.
किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो;
तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्नुभयो।
म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु;
तपाईंका कार्यहरू अद्भुत छन्,
म त्यो राम्ररी जान्दछु।
मेरो आकार तपाईंबाट लुकेको थिएन,
जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ;
जब म अदृष्यमा बनिँदैथिएँ;
तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे;
मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए;
तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए।
हे परमेश्वर, मेरा निम्ति तपाईंका विचारहरू कति मूल्यवान् छन्!
तिनको योग कति विशाल छ!
आजको दिन याहवेहले सृजनुभएको हो;
यसमा हामी आनन्द मनाऔँ र रमाऔँ।
हामीलाई हाम्रा दिनहरू गन्न सिकाउनुहोस्,
ताकि हामीले बुद्धिको हृदय प्राप्त गर्न सकौँ!
मैले जन्मदेखि नै तपाईंमाथि भरोसा गरेको छु;
मलाई तपाईंले मेरी आमाको गर्भबाट निकाल्नुभएको हो।
म तपाईंको निरन्तर प्रशंसा गरिरहनेछु।
याहवेहसँग म एउटै कुरा माग्दछु,
म त्यसैको मात्र खोजी गर्दछु:
कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,
उहाँको सुन्दरता हेर्न पाऊँ,
र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो;
म मेरी आमाको कोखमा बालक हुँदा नै
तपाईंले मलाई तपाईंमा भरोसा गर्ने तुल्याउनुभयो।
मेरो जन्मदेखि नै म तपाईंमा सुम्पिएको हुँ;
आमाको गर्भदेखि नै तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
मैले यही बालकका निम्ति प्रार्थना गरेकी थिएँ। अनि याहवेहले मैले उहाँसित मागेको कुरा मलाई दिनुभयो।
किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ,
मेरी आमाको कोमल र प्यारो छोरो थिएँ।
मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो,
"तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख,
मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ।
अन्तिम अर्तीहरू
प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर!
बालक बढ्दै र बलियो हुँदै जानुभयो; उहाँ बुद्धिले भरिनुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो।