Arrependimento
O arrependimento é a porta da graça. A Bíblia declara que Deus não deseja a morte do ímpio, mas que se converta e viva. Arrependei-vos, pois o Reino dos Céus está próximo.
Chamado ao arrependimento
Arrependei-vos, porque o Reino dos Céus está próximo. Quem se arrepende e confessa encontra restauração e perdão.
त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, "पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।"
पश्चात्ताप लायकका फल फलाओ।
अब जाऊ, र यसको अर्थ के रहेछ, सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।"
उहाँले भन्नुभयो, "समय पूरा भइसकेको छ, परमेश्वरको राज्य नजिकै आइपुगेको छ। पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर!"
म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।
म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।"
पत्रुसले जवाफ दिए, "तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस्, र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ।
त्यसैकारण पश्चात्ताप गर्नुहोस् र परमेश्वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।
बितेका समयमा यस्ता अज्ञानतामा परमेश्वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ।
A graça do arrependimento
Os que eu amo, eu repreendo e disciplino. Arrepende-te! Deus não quer que nenhum se perca — mas que todos cheguem ao arrependimento.
जसलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु, र अनुशासनमा राख्छु। यसकारण उत्साहित होओ र पश्चात्ताप गर।
केही मानिसले ढिलापनको विषयमा सोचेझैँ, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्न; तर प्रत्येकले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।
किनकि कसैको पनि मृत्युमा म प्रसन्न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्चात्ताप गर, र जीवित रहो!
यदि मेरो नामद्वारा बोलाइएका मेरा मानिसहरूले आफूलाई विनम्र तुल्याएर प्रार्थना गर्दै मतिर फर्के भने, र आफ्ना दुष्ट चालहरूबाट फर्के भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु; अनि तिनीहरूका पाप क्षमा गरेर तिनीहरूको देशलाई निको पार्नेछु।
हिजकियाले सारा इस्राएल र यहूदामा खबर पठाए; अनि एफ्राइम र मनश्शेलाई पनि पत्रहरू लेखे। तिनीहरूलाई याहवेह इस्राएलका परमेश्वरका निम्ति यरूशलेममा याहवेहको मन्दिरमा निस्तार चाड मनाउन आऊन् भनी निम्तो पठाए। राजा, तिनका अधिकृतहरू र यरूशलेममा भएका सम्पूर्ण समुदायले दोस्रो महिनामा निस्तार चाड मनाउने निर्णय गरे। पर्याप्त मात्रामा पुजारीहरूले आफूलाई शुद्ध नपारेका र मानिसहरू यरूशलेममा भेला नभएका हुनाले तिनीहरूले त्यस चाडलाई नियमित समयमा मनाउन सकेका थिएनन्। यो योजना राजालाई र सम्पूर्ण समुदायलाई उचित लाग्यो। तिनीहरूले इस्राएलभरि, बेर्शेबादेखि दानसम्मैका मानिसहरूलाई याहवेह, इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउने उर्दी घोषणा गर्न पठाउने निश्चय गरे। लेखिएअनुसार यसलाई ठूलो संख्यामा मनाइएको थिएन।
राजाको हुकुमअनुसार राजा र तिनका अधिकृतहरूबाट पत्रहरू लिएर सन्देश वाहकहरू इस्राएल र यहूदाभरि पठाइए। ती पत्रहरूमा यस्तो लेखिएको थियो:
"इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र याकोबका परमेश्वर याहवेहकहाँ फर्केर आओ। तिमीहरू छोडिएकाहरू र अश्शूरका राजाहरूका हातबाट उम्केकाहरूकहाँ उहाँ पनि फर्किआऊन्। तिमीहरूका पुर्खा र सङ्गी इस्राएलीहरूझैँ नहोओ, जो याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरप्रति विश्वासघाती थिए; तिमीहरूले देखेकै छौ, उहाँले तिनीहरूलाई आतङ्कको पात्र बनाउनुभयो। तिमीहरूका पुर्खाहरूझैँ याहवेहप्रति हठी नभई उहाँमा समर्पित होओ। उहाँले सधैँका लागि पवित्र पार्नुभएको पवित्रस्थानमा आओ। याहवेह, आफ्ना परमेश्वरको सेवा गर; ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्। यदि तिमीहरू याहवेहतिर फर्कियौ भने तिमीहरूका दाजुभाइहरू र तिमीहरूका बालबच्चाहरूले तिनीहरूलाई पक्रनेहरूबाट दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउनेछन्; किनकि याहवेह तिमीहरूका परमेश्वर अनुग्रही र दयालु हुनुहुन्छ। तिमीहरू उहाँकहाँ फर्कियौ भने उहाँले तिमीहरूदेखि आफ्नो अनुहार फर्काउनुहुनेछैन।"
ती सन्देश वाहकहरू एफ्राइम र मनश्शेमा जबूलूनसम्मै एक सहरदेखि अर्को सहरमा गए; तर मानिसहरूले तिनीहरूको अनादर गरे र ठट्टा गरे। तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए। यहूदामा पनि याहवेहको वचनअनुसार राजा र तिनका अधिकृतहरूले दिएका हुकुम पालन गर्नलाई एकै मनका हुनको निम्ति परमेश्वरका हात मानिसहरूमाथि थियो।
दोस्रो महिनामा अखमिरी रोटीको चाड मनाउनलाई मानिसहरूको एउटा ठूलो भीड यरूशलेममा भेला भयो। तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाइदिए र धूप-वेदीहरू निकालिदिए; र किद्रोनको खोल्सामा फ्याँकिदिए।
तिनीहरूले दोस्रो महिनाको चौथो दिन निस्तारको थुमा मारे। पुजारीहरू र लेवीहरू लज्जित भए; अनि तिनीहरूले आफूलाई पवित्र बनाएर याहवेहको मन्दिरमा होमबलि ल्याए। तब तिनीहरूले परमेश्वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार आफ्ना नियमित स्थान लिए। अनि लेवीहरूले तिनीहरूलाई सुम्पेको रगत पुजारीहरूले वेदीमा छर्के। त्यस भीडमा भएका धेरैले आफूलाई शुद्ध नतुल्याएका कारण, लेवीहरूले विधिअनुसार शुद्ध नभएका र आफ्ना थुमाहरूलाई याहवेहकहाँ अर्पण गर्न नसकेकाहरूका निम्ति निस्तारका थुमाहरू मार्नुपर्यो। एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएका धेरैजसो मानिसहरूले आफूलाई शुद्ध नतुल्याएका भए तापनि तिनीहरूले लेखिएका कुराको विपरीत निस्तारको भोजन खाए। तर हिजकियाले तिनीहरूका निम्ति यसो भनेर प्रार्थना गरे, "असल याहवेहले ती हरेकलाई क्षमा गरून्, जो पवित्रस्थानका नियमहरूअनुसार शुद्ध नभए तापनि तिनीहरूले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्नमा आफ्ना हृदय लगाउँछन्।" याहवेहले हिजकियाका कुरा सुनेर मानिसहरूलाई निको पार्नुभयो।
यरूशलेममा उपस्थित रहेका इस्राएलीहरूले ठूलो रमाहटसित सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। लेवीहरू र पुजारीहरूले प्रत्येक दिन याहवेहको प्रशंसाका बाजाहरूसित याहवेहको निम्ति गाए।
हिजकियाले याहवेहको सेवाको असल समझशक्ति देखाउने लेवीहरूसित उत्साहपूर्वक कुराकानी गरे। सात दिनसम्म तिनीहरूले आफ्ना छुट्याइएका भोज खाइरहे। याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ मेलबलि चढाए, र उहाँको प्रशंसा गरे।
त्यसपछि सारा समुदाय अरू सात दिनसम्म चाड मनाउन सहमत भए। यसकारण तिनीहरूले अरू सात दिन आनन्दसाथ उत्सव मनाए। यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार वटा गोरु र सात हजार भेडाबाख्रा दिए। अधिकृतहरूले एक हजार गोरु र दश हजार भेडाबाख्रा बन्दोबस्त गरिदिए। पुजारीहरूको एउटा ठूलो संख्याले आफूलाई पवित्र तुल्याए। पुजारीहरू, लेवीहरू र इस्राएलबाट भेला भएका सबैसित यहूदाको सारा समुदायले आनन्द मनाए। त्यसमा इस्राएलबाट आएका र यहूदामा बस्ने परदेशीहरू पनि सामेल थिए। इस्राएलका राजा दावीदका छोरा सोलोमनको समयपछि यो बेलासम्म यरूशलेममा यस्तो उत्सव नभएको कारण यरूशलेममा ठूलो रमाहट भयो। पुजारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिनलाई खडा भए, र परमेश्वरले तिनीहरूको कुरा सुन्नुभयो; किनकि प्रार्थना उहाँको पवित्र वासस्थान स्वर्गसम्म पुग्यो।
तिमीहरूको कपडा होइन,
तर आफ्नो हृदय फटाओ।
अनि याहवेह तिमीहरूका परमेश्वरतिर फर्क;
किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ,
रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ;
अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ।
दारा राजाको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा, अगमवक्ता जकरियाकहाँ आयो:
"याहवेह तेरा पितापुर्खाहरूसँग अति क्रोधित हुनुभएको थियो। त्यसैकारण मानिसहरूलाई भन्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मकहाँ फर्क,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूकहाँ फर्कनेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। तिमीहरूका पितापुर्खाहरू जस्ता नहोओ, जसलाई पहिलेका अगमवक्ताहरूले यसरी घोषणा गरेका थिए: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरूका दुष्ट चालहरूबाट र तिमीहरूका दुष्ट कामहरूबाट फर्क।’ तर तिनीहरूले मेरो कुरा सुनेनन् अथवा मेरा कुरामा ध्यानै दिएनन्, याहवेह घोषणा गर्नुहुन्छ। तिमीहरूका पितापुर्खाहरू अहिले कहाँ छन्? अनि ती अगमवक्ताहरू, के तिनीहरू सदा जीवित छन्? तर हेर मैले आफ्ना सेवक, अगमवक्ताहरूलाई आज्ञा दिएका मेरा वचनहरू र आदेशहरू के तिमीहरूका पितापुर्खाहरू माथि आइलागेनन् र?
"त्यसपछि तिनीहरूले पश्चात्ताप गरे र भने, ‘आफूले निश्चय गर्नुभएझैँ, सेनाहरूका याहवेहले हाम्रा चालहरू र कामहरूअनुसार हामीलाई सुहाउने व्यवहार गर्नुभएको छ।’ "
दारा राजाको शासनकालको दोस्रो वर्षको एघारौँ महिना, अर्थात् शबात महिनाको चौबीसौँ दिनमा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा अगमवक्ता जकरियाकहाँ आयो।
रातको समयमा मैले दर्शन देखेँ, र त्यहाँ मेरो सामु रातो घोडामाथि सवार भएका एक जना मानिस थिए। तिनी खोल्साका मेहदीका रूखहरूका बीचमा उभिरहेका थिए। तिनको पछिल्तिर राता, खैरा र सेता घोडाहरू थिए।
मैले सोधेँ, "मेरो प्रभु, यी के हुन्?"
मसँग कुरा गरिरहने स्वर्गदूतले जवाफ दिए, "म तिमीलाई देखाउनेछु कि तिनीहरू के हुन्।"
तब मेहदीका रूखहरूका बीचमा उभिरहेका मानिसले जवाफ दिए, "यिनीहरू तिनै हुन्, जसलाई याहवेहले पृथ्वीका चारैतिर जाऊन् भनी पठाउनुभएको हो।"
अनि तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहेका याहवेहका स्वर्गदूतलाई बताए, "हामी पृथ्वीभरि गयौँ, र सारा संसार विश्राम र शान्तिमा रहेको भेट्टायौँ।"
त्यसपछि याहवेहका स्वर्गदूतले भने, "हे सेनाहरूका याहवेह, तपाईंले कहिलेसम्म यरूशलेम र यहूदाका सहरहरूबाट आफ्नो कृपा रोकिराख्नुहुन्छ, जससित तपाईं यी सत्तरी वर्षदेखि रिसाउनुभएको छ?" यसकारण मसँग कुरा गर्ने ती स्वर्गदूतसित याहवेहले दयालु र सान्त्वनाका वचनहरू बोल्नुभयो।
तब मसँग कुरा गरिरहने स्वर्गदूतले भने, "यो वचन घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘म यरूशलेम र सियोनको निम्ति अति डाही भएको छु, तर ती राष्ट्रहरू, जसले सुरक्षित छौँ भनेर सोचिरहेका छन्, तिनीहरूप्रति म अति क्रोधित छु। म मेरा मानिसहरूसँग धेरै रिसाएको थिइनँ, तर अरू राष्ट्रहरूले तिनीहरूको सङ्कष्टलाई झन् बढाइदिए।’
"यसकारण याहवेह यसो भन्नुहुन्छ: ‘म कृपालु भएर यरूशलेममा फर्कनेछु, र त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। अनि नाप्ने डोरीले यरूशलेमलाई नापिनेछ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
"यसो भन्दै अझै घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मेरा सहरहरू फेरि समृद्धिले भरिनेछन्, र याहवेहले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई चुन्नुहुनेछ।’ "
त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो सामु चार वटा सिङहरू थिए! मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, "यी के हुन्?"
"तिनले मलाई जवाफ दिए, यी सिङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारिदिएका थिए।"
तब याहवेहले मलाई चार जना कारिगरहरू देखाउनुभयो। मैले सोधेँ, "यिनीहरू के गर्न आउँदैछन्?"
उहाँले मलाई जवाफ दिनुभयो, "यहूदालाई तितरबितर पारिदिने यी सिङहरू नै हुन्, जसले गर्दा कसैले पनि आफ्नो शिर उठाउन सकेन, तर यहूदाका मानिसहरूलाई तितरबितर पार्ने यहूदाको देशको विरुद्धमा आफ्ना सिङहरू उठाउने राष्ट्रहरूलाई त्रसित तुल्याउन र फ्याँकिदिनलाई यी कारिगरहरू आएका हुन्।"
आफ्ना पापहरू लुकाउनेले उन्नति गर्दैन;
तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
मेरो हप्काइ सुनेर पश्चात्ताप गर,
म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु;
मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु।
Confissão e restauração
Se confessarmos, Ele é fiel e justo. Há alegria no céu por um pecador que se arrepende — o arrependimento abre o caminho da vida.
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।
म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्चात्ताप गर्ने एक जना पापीका लागि परमेश्वरका स्वर्गदूतहरूका सामु आनन्द मनाइनेछ।"
परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!