Ascensão
A ascensão de Jesus ao céu é a coroação de sua obra redentora. Ele subiu à destra do Pai, de onde voltará com poder e glória para buscar os seus.
उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।
उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात् सेता पोशाकमा दुई जना मानिस तिनीहरूका नजिक प्रकट भए। तिनीहरूले भने, "हे गालीलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएको यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।"
प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।
येशू स्वर्गमा उठाइलगिनुभएको
येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो। तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो।
मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्नेथिइनँ।
म तिमीहरूलाई साँच्चै भन्दछु, जसले ममाथि विश्वास गर्दछ, उसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ। अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्यहरू पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु।
म पिताबाट आएँ, र संसारमा प्रवेश गरेँ; अब म संसारलाई छोडेर पिताकहाँ नै फर्कंदैछु।"
येशूले भन्नुभयो, "मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ। बरु जाऊ, र मेरा भाइहरूलाई भेटेर ‘म मेरा पिता र तिमीहरूका पिता अर्थात् मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जाँदैछु’ भन्ने समाचार भनिदेऊ।"
येशूले भन्नुभयो, "म अब केही समयको निम्ति मात्र तिमीहरूसँग रहन्छु, र त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु।
विनाशङ्का यो भन्न सकिन्छ, भक्तिको रहस्य महान् छ:
उहाँ मानिसको शरीरमा भएर देखा पर्नुभयो,
पवित्र आत्मामा धर्मी ठहरिनुभयो,
स्वर्गदूतहरूद्वारा देखिनुभयो,
सबै मानिसहरूका बीचमा उहाँको प्रचार भयो,
र संसारमा उहाँलाई विश्वास गरियो,
महिमामा माथि लगिनुभयो।
Este artigo te tocou? Faça uma oração!
+581 estão orando agora.
Junte-se à corrente de oração.