Compreensão
A verdadeira compreensão vem de Deus. Os caminhos do Senhor são mais altos que os nossos. Mas Ele nos convida a buscar entendimento — e promete iluminar quem o busca de coração.
A sabedoria de Deus
Os meus pensamentos não são os vossos pensamentos. A incompreensibilidade de Deus nos leva à humildade e adoração.
"जसरी आकाश पृथ्वीभन्दा उच्च छ,
त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्च छन्;
अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्च छन्।
"धिक्कार त्यसलाई, जसले आफ्नो सृष्टिकर्तासित झगडा गर्छ!
त्यो पनि भुइँमा भएका
माटोका खपटाहरूमध्ये एउटा खपटा मात्र हो।
के माटोले कुमालेलाई
‘तैँले के बनाउँदैछस्’ भनी सोध्छ?
के तेरो कामले
‘त्यसको हातै छैन’ भनी भन्छ?
के तँ जान्दैनस्?
के तैँले सुनेको छैनस्?
याहवेह अनन्तका परमेश्वर हुनुहुन्छ,
सारा पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
उहाँ थाक्नुहुन्न, न त गल्नु हुन्छ,
उहाँको बुद्धि अपरम्पार छ।
याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ;
उहाँको महानता अपार छ।
पहाडहरू उत्पन्न हुनुभन्दा अगि,
अथवा तपाईंले पृथ्वी र संसारलाई अस्तित्वमा ल्याउन अगि,
अनादिदेखि अनन्तसम्म, तपाईं नै परमेश्वर हुनुहुन्छ।
तपाईंको दृष्टिमा एक हजार वर्ष
अहिले बितिगएको एक दिनजस्तै,
अथवा रातको एक पहरजस्तै छ।
आहा! परमेश्वरको बुद्धि र ज्ञानको कति अपार धनसम्पत्ति!
उहाँका न्यायहरू कति अथाह,
र उहाँका पथहरू कति अगम छन्!
Buscar entendimento
Clama a mim e responder-te-ei. A sabedoria é a coisa principal — busque o entendimento com todo o coração.
‘मलाई पुकार् र म तँलाई जवाफ दिनेछु; अनि तैँले नजानेका महान् र गुप्त कुराहरू म तँलाई बताउनेछु।’
बुद्धि सर्वोच्च हो, यसकारण बुद्धि प्राप्त गर।
समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्त गर।
धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ,
तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।
मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्,
तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ।
मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला,
तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।
मैले यही बिन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा देऊन्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्न सक।
तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ।
उहाँलाई अहिले अनि सदासर्वदा महिमा होस्! आमेन।
Iluminação divina
A entrada da tua Palavra dá luz e entendimento. Deus revela verdades ocultas e transforma nossa visão da realidade.
तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ;
त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ।
म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु;
म तँलाई सल्लाह दिनेछु, र तँमाथि मेरो नजर राख्नेछु।
जसरी बतासको बाटो तिमी जान्दैनौ,
अथवा आमाको गर्भमा बच्चा कसरी बन्दछ बुझ्दैनौ;
त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने
परमेश्वरका कामहरू बुझ्न सक्दैनौ।
येशूले जवाफ दिनुभयो, "म तिमीलाई साँच्चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन।"
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, "मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।"
येशू बसिरहनुभएका बेला बाह्र जनालाई बोलाएर भन्नुभयो, "यदि कोही पहिलो हुन चाहन्छ भने ऊ सबैभन्दा पछि र सबैको सेवक हुनुपर्छ।"
अब न कोही यहूदी छ, न गैरयहूदी; न कोही सेवक छ, न फुक्का र न कोही पुरुष छ, न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै जना एक हौ। यदि तिमीहरू ख्रीष्टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ।
हरेक कुरालाई जाँच गर; जे कुरा असल छ, त्यसलाई पक्रिराख। हरेक किसिमका दुष्टतालाई इन्कार गर।
किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौँ।
यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।
परीक्षामा पर्दा कसैले पनि "परमेश्वरले मलाई परीक्षा गर्नुहुँदैछ" भनी नभनोस्; किनकि दुष्ट कुराहरूबाट परमेश्वर परीक्षित हुन सक्नुहुन्न, न त उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ।