Comunhão com Deus
A comunhão com Deus é o propósito supremo da existência humana. Fomos criados para viver em intimidade com o Criador — e em Cristo, esse acesso é plenamente restaurado.
Em comunhão com Deus
Deus é fiel, pelo qual fostes chamados à comunhão de seu Filho. A comunhão com Deus é dom da graça e fruto da redenção.
परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टसँगको सङ्गतिमा तिमीहरूलाई बोलाउनुभएको छ।
के तिमीहरू आफैँ परमेश्वरको मन्दिर हौ र परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्ने कुरा जान्दैनौ?
जसरी शरीर एउटै भए तापनि अङ्गहरू धेरै हुन्छन्; तर सबै अङ्गहरू मिलेर एउटै शरीर बनिएको हुन्छ, ख्रीष्टको शरीरसँग पनि यस्तै हुन्छ।
प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसित रहून्।
परमेश्वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्वरका मन्दिर हौँ। जसरी परमेश्वरले भन्नुभएको छ:
"म तिनीहरूसँग बस्नेछु,
र तिनीहरूसित हिँड्डुल गर्नेछु;
अनि म तिनीहरूका परमेश्वर हुनेछु,
र तिनीहरू मेरा प्रजा हुनेछन्।"
यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्। यी सबै परमेश्वरबाट भएको हो, जसले ख्रीष्टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो; अर्थात् ख्रीष्टमा हुनुभईकन परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका पापका हिसाब लिनुभएन, र हामीलाई मिलापको सन्देश सुम्पनुभएको छ।
Presença divina
Eis que estou à porta e bato. O Senhor fez sua morada entre nós — e toda a criação é convidada à comunhão eterna.
म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यसकहाँ भित्र आउनेछु; अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ।
तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, "हेर! अब परमेश्वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ।
तब म इस्राएलीहरूका बीचमा बास गर्नेछु र तिनीहरूका परमेश्वर हुनेछु।
किनकि जहाँ दुई वा तीन जना मेरो नाममा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।"
"तिनीहरूका निम्ति मात्र म प्रार्थना गर्दिनँ, तर तिनीहरूका साक्षीद्वारा पछि मलाई विश्वास गर्नेहरू सबैका लागि पनि म प्रार्थना गर्दछु। हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ; त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्वास गरोस्। तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु: म तिनीहरूमा अनि तपाईं ममा, तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहुन्छ भन्ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्।
Viver na comunhão
Quem permanece nele e ele no Senhor, esse dá muito fruto. A comunhão com Deus produz transformação e alegria.
जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौँ।
हामी यो पनि जान्दछौँ, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्न सकौँ भनेर परमेश्वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौँ; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्टमा छौँ। उहाँ नै एक मात्र सत्य परमेश्वर र अनन्त जीवन हुनुहुन्छ।
हामी उहाँमा जिउँछौँ, र उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौँ; किनकि उहाँले हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ।
प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो, र त्यसले परमेश्वरलाई जान्दछ।
हामीले जे देखेका र सुनेका छौँ, त्यही हामी तिमीहरूलाई घोषणा गर्दछौँ, यस हेतुले कि तिमीहरूको पनि हामीसित सङ्गति होस्। अनि हाम्रो सङ्गति पितासँग र उहाँका पुत्र येशू ख्रीष्टसँग छ।
अब हे प्यारा साना नानीहरू हो, उहाँमा रहिरहो; अनि जब प्रभु आउनुहुन्छ, तब हामी ढुक्क भएर उहाँको आगमनमा उहाँको अगि हामीले शर्माउन नपरोस्।
यसकारण हामी विश्वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्टद्वारा हामीले परमेश्वरसँग शान्ति पाएका छौँ। अनि ख्रीष्टद्वारा हामीले प्राप्त गरेको विश्वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्वरको महिमाको आशामा हामी रमाउँछौँ।
हामी विश्वासको निश्चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्वरको नजिक जाऔँ। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ।
यसकारण आफूलाई परमेश्वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ। परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!