Comunhão com os irmãos
A comunhão com os irmãos é marca da igreja verdadeira. Os cristãos primevos perseveravam na comunhão — partindo pão, orando e encorajando-se mutuamente.
Comunhão verdadeira
Perseveravam na doutrina dos apóstolos e na comunhão. A comunhão autêntica envolve amor sacrificial e acolhimento mútuo.
तिनका अर्ती मान्नेहरू सबैले बप्तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए।
दाजुभाइ-दिदीबहिनीहरूको सङ्गति
तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे। प्रेरितहरूद्वारा धेरै अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए। सबै विश्वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए। आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे। तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे। अनि परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।
अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौँ। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौँ; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौँ।
परमेश्वरका जनहरू एक-आपसमा एकतामा बस्नु
कति असल र आनन्दमय कुरा हुन्छ!
यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ,
जो दाह्रीसम्म बगेर जान्छ,
हारूनको दाह्रीसम्म बगेर जान्छ,
जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ।
त्यो हेर्मोन पर्वतको शीत
सियोन पर्वतमा परेजस्तै हुन्छ;
किनकि त्यहीँ नै याहवेहले,
आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ।
जससँग मेरो एक समय मिठो सम्बन्ध थियो;
मानिसहरूको भीडमा,
हामी एकसाथ हिँड्थ्यौँ,
परमेश्वरको भवनमा सँगै जान्थ्यौँ।
एक जनाभन्दा दुई जना असल हुन्,
किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:
यदि कुनै एउटा लड्यो भने,
अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ;
तर लड्दा उठाउने कोही नहुँदा
कस्तो दुःखको कुरा हुन्छ!
फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ;
तर एकलो त कसरी न्यानो हुन सक्छ र?
एकलो मानिसलाई कसैले जित्ला;
तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्।
अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।
Amor fraternal
Amai-vos com amor fraternal sincero. Encorajem-se mutuamente e carreguem os fardos uns dos outros.
अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर।
एक-अर्कालाई गनगनविना सत्कार गर।
एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर।
ख्रीष्टको नम्रताको अनुकरण
यसकारण यदि ख्रीष्टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्नेह र सहानुभूति छ भने, एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पूरा गर।
तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ।
एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।
पवित्र आत्माबाटको जीवन
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई शारीरिक स्वभावका निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर।
यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ।
यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौँ, तर पनि अन्धकारमा नै हिँड्छौँ भने त हामी झूट बोल्छौँ र सत्यतामा चल्दैनौँ। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
अन्तिम अभिवादनहरू
अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
"म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ।