Comunidade
A comunidade cristã é essencial para o crescimento da fé. A Bíblia ensina que fomos criados para viver em comunhão — edificando-nos, encorajando-nos e servindo uns aos outros.
Viver em unidade
Os que creram eram um coração e uma alma. A comunidade primitiva partilhava tudo e vivia em harmonia e alegria.
सबै विश्वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे।
तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे।
तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे। अनि परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।
येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहे।
यसकारण पत्रुसलाई झ्यालखानामा राखियो। तर मण्डली उनका निम्ति परमेश्वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो।
किनकि जहाँ दुई वा तीन जना मेरो नाममा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।"
Edificação mútua
Vivam em harmonia uns com os outros. Não haja divisões entre vós. A comunidade cresce quando cada membro contribui.
दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको नाममा आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू एक-अर्काका कुरामा सहमत होओ, र तिमीहरूका बीचमा कुनै फाटो नहोस्; तर तिमीहरू एउटै मन र एउटै विचारमा पूर्ण रूपमा एक होओ।
यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्तिस्मा भयो, र हामी सबै जनालाई एउटै आत्मा पिउन दिइयो।
किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ।
एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैँलाई बुद्धिमानी नसम्झ।
विश्वासमा कमजोर भएका अरू विश्वासीहरूलाई स्वीकार गर, तर उनीहरूका विचारमा विवाद र झगडा नगर।
धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूमा भएको मनजस्तै एक-अर्काप्रति एकताको मन देऊन्,
दाजुभाइ-दिदीबहिनीहरू हो, म बिन्ती गर्छु, तिमीहरूका बीचमा फाटो ल्याउने र तिमीहरूले सिकेका कुराको विरुद्ध बाधा पुर्याउनेहरूसँग होसियार बस। तिनीहरूसँग टाढा बस।
Amor e compromisso
Não deixemos de congregar. O vínculo perfeito é o amor — ele une a comunidade e produz frutos que duram.
अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौँ। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौँ; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौँ।
अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ।
शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।
परमेश्वरका जनहरू एक-आपसमा एकतामा बस्नु
कति असल र आनन्दमय कुरा हुन्छ!
अन्त्यमा तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ।
प्रिय मित्रहरू हो, परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ।
तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
अब न कोही यहूदी छ, न गैरयहूदी; न कोही सेवक छ, न फुक्का र न कोही पुरुष छ, न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै जना एक हौ। यदि तिमीहरू ख्रीष्टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ।
जुन विधवाहरू साँच्चै खाँचोमा छन्, तिनीहरूलाई उचित हेरचाह गर।
म तिमीहरूलाई साँच्चै भन्दछु, मैले पठाएकाहरूलाई जसले ग्रहण गर्दछ, त्यसले मलाई नै ग्रहण गर्दछ। अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।"