Confiabilidade
A confiabilidade de Deus é absoluta. Ele é fiel em todas as suas promessas, constante em seu amor e seguro em seu caráter. Podemos confiar nele completamente.
Deus é fiel
O Senhor é fiel em todas as suas palavras e bondoso em todos os seus atos. Grande é a sua fidelidade!
याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ;
किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन।
हरेक बिहान ती नयाँ भएर आउँछन्;
तपाईंको विश्वसनीयता महान् छ।
याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ,
उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ।
याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ;
हे याहवेह, तपाईंको अचुक प्रेम, सदासर्वदा रहिरहन्छ;
तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्।
तर याहवेहको अचुक प्रेम,
उहाँको भय मान्नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ
र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ—
तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्,
र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्।
तर याहवेहको नजर उहाँका भय मान्नेहरूमाथि रहन्छ;
तिनीहरूमाथि, जसको आशा उहाँको अचुक प्रेममाथि हुन्छ,
किनकि याहवेहले न्यायीलाई प्रेम गर्नुहुन्छ,
र आफ्ना विश्वासयोग्यहरूलाई त्याग्नुहुन्न।
तिनीहरू सधैँका लागि सुरक्षित पारिनेछन्;
तर दुष्टका सन्तानहरू नष्ट भएर जानेछन्।
तर प्रभु विश्वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट रक्षा गर्नुहुनेछ।
मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।
यसकारण याहवेह तिमीहरूका परमेश्वर नै परमेश्वर हुनुहुन्छ भनी याद राख। उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरूका हजारौँ पुस्तासम्म आफ्नो प्रेमको करार पूरा गर्ने विश्वासयोग्य परमेश्वर उहाँ हुनुहुन्छ।
याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।"
Caráter de Deus
Toda boa dádiva vem do alto. O Senhor é bom e sua misericórdia dura para sempre. Nele podemos descansar.
हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न।
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ;
तपाईंलाई पुकार्ने सबैलाई तपाईंको अचुक प्रेम प्रशस्त रहन्छ।
किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ,
र भोकाहरूलाई असल आहाराले सन्तुष्ट पार्नुहुन्छ।
तर म तपाईंको शक्तिको गुणगान गाउनेछु,
बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु;
किनकि तपाईं मेरा किल्ला हुनुहुन्छ,
सङ्कष्टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ।
आफ्नो बोझ याहवेहमा राख;
र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।
उहाँले कहिल्यै
धर्मीहरूलाई हार्न दिनुहुनेछैन।
उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन—
तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;
Integridade e confiança
Eu sou o Alfa e o Ômega — Deus é o mesmo ontem, hoje e sempre. Fiel em o que realizou e realizará por cada filho.
सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, "म नै अल्फा र ओमेगा हुँ" जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ।
हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ;
तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
हे याहवेह, तपाईं मेरा परमेश्वर हुनुहुन्छ;
म तपाईंलाई उच्च पार्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु;
किनकि पूर्ण विश्वासयोग्यतामा
तपाईंले अद्भुत कार्यहरू गर्नुभएको छ;
ती कामहरू धेरै अगि योजना गरिएका कुराहरू थिए।
मानिसले अचुक प्रेमको इच्छा राख्छ;
झूटो बोल्ने हुनुभन्दा बरु गरिब हुनु नै बेस हो।
कुराउटेले गोप्य भरोसामा आघात पुर्याउँछ;
तर विश्वासयोग्य मानिसले कुरा गोप्य राख्छ।
धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ;
तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
"त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्द पूर्ण हुनेछ।