Confiar no Senhor
Confiar no Senhor é a base de toda vida espiritual. A confiança em Deus nos livra do medo, nos dá paz e nos posiciona para receber as promessas divinas.
Confiar de todo coração
Confia no Senhor de todo o coração. Não te apoies em teu próprio entendimento — em todos os caminhos o reconheça.
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
जो सर्वोच्च परमेश्वरको शरणमा बास गर्दछ,
त्यो सर्वशक्तिमान्को छत्रछायामुनि सुरक्षित रहनेछ।
म याहवेहको बारेमा भन्नेछु, "उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ,
मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।"
निश्चय नै उहाँले तिमीलाई
शिकारीको पासोबाट
र घातक रूढीबाट बचाउनुहुनेछ।
उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ;
र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ;
उहाँको विश्वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ।
याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्,
जो कहिल्यै डगमगाउँदैनन्; तर सदासर्वदा स्थिर रहन्छन्।
जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्,
त्यसरी नै याहवेहले आफ्ना मानिसहरूलाई
आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।
खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्;
याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ।
याहवेहमा भरोसा राख, र भलाइ गर;
ताकि देशमा आनन्दसाथ बस्न सक।
याहवेहमा आनन्दित होऊ;
र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ।
तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प;
उहाँमा नै भरोसा राख; र उहाँले यो गर्नुहुनेछ:
उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान
र तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।
तपाईंका नाम जान्नेहरूले तपाईंमा भरोसा राख्दछन्,
किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन।
Segurança em Deus
Bem-aventurado o homem que confia no Senhor. Ele é como árvore plantada junto às águas — não temerá quando vier o calor.
"धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ,
जसको भरोसा उहाँमाथि हुन्छ।
तिनीहरू पानीको छेउमा रोपिएको रूखजस्तै हुनेछन्,
जसका जराहरू खोलासम्म फैलिएका हुन्छन्।
गर्मीका दिनहरू आउँदा पनि त्यसलाई डर हुँदैन;
त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्।
खडेरीको वर्षमा त्यसलाई कुनै फिक्री हुँदैन,
र त्यसले फल फलाउन कहिल्यै छोड्दैन।"
सदासर्वदा याहवेहमा भरोसा राख;
किनकि याहवेह, याहवेह नै अनन्तका चट्टान हुनुहुन्छ।
निश्चय नै परमेश्वर मेरा उद्धार हुनुहुन्छ;
म भरोसा गर्नेछु र डराउनेछैनँ।
याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक हुनुहुन्छ;
निश्चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।"
हे सेनाहरूका याहवेह,
तपाईंमा भरोसा राख्ने मानिसहरू धन्यका हुन्।
कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्,
तर हामीचाहिँ याहवेह हाम्रा परमेश्वरको नाममा भरोसा गर्दछौँ।
तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्,
तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ।
मानिसमाथि भरोसा गर्नुभन्दा त
याहवेहमाथि शरण लिनु उत्तम हो।
राजकुमारहरूमा भरोसा गर्नुभन्दा त
याहवेहमाथि शरण लिनु उत्तम हो।
Não confiar no homem
Não temas — em ti confiarei. Melhor é confiar no Senhor do que confiar no homem ou nos príncipes.
परमेश्वरमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु,
याहवेहमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु—
परमेश्वरमा म भरोसा राख्दछु; र म डराउँदिनँ।
मलाई मरणशील मानिसले के गर्न सक्छ र?
तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु;
मेरो हृदय तपाईंको मुक्तिमा रमाउँछ।
तर हे याहवेह, म तपाईंमा नै भरोसा राख्छु;
म भन्छु, "तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।"
धन्य हो त्यो मानिस,
जसले याहवेहमा आफ्नो भरोसा राख्दछ,
जसले घमण्डीहरूमा भरोसा राख्दैनन्,
जो झूटो देवहरूपट्टि लाग्दैनन्।
येशूले चेलाहरूलाई सान्त्वना दिनुभएको
"तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्वरमाथि विश्वास राख, र ममाथि पनि विश्वास राख।