Consolador
O Espírito Santo é o Consolador prometido por Jesus. Ele consola os aflitos, fortalece os fracos e nos assegura que nunca estaremos sós.
O Consolador prometido
Jesus prometeu: Eu rogarei ao Pai e Ele vos dará outro Consolador para que fique convosco para sempre.
म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ। उहाँ सधैँ तिमीहरूसँग हुनुहुनेछ।
म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
पिताले मेरो नाममा पठाइदिनुहुने सल्लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ। मैले भनेका प्रत्येक कुरा पनि तिमीहरूलाई सम्झना गराइदिनुहुनेछ।
"जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ।
तर म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूको भलाइका निम्ति नै म जाँदैछु। म नगएसम्म सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।
Consolo divino
Bendito seja o Deus de toda consolação. Ele nos consola em toda tribulação e enxuga toda lágrima de nossos olhos.
हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। उहाँले हाम्रा सबै सङ्कष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ।
किनकि जसरी हामी ख्रीष्टका कष्टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ।
धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूमा भएको मनजस्तै एक-अर्काप्रति एकताको मन देऊन्,
जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो,
तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो।
मेरो कष्टमा मैले याहवेहलाई पुकार गरेँ,
उहाँले मलाई जवाफ दिनुभयो, र मलाई विशाल ठाउँमा ल्याउनुभयो।
‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्;
तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्।
तिनीहरूलाई सूर्यको प्रचण्ड तापले पोल्नेछैन।’
किनकि सिंहासनको बीचमा हुनुहुने थुमा
तिनीहरूका गोठाला हुनुहुनेछ;
‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्याउनुहुनेछ।’
‘अनि परमेश्वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’"
"म, हो! म नै हुँ, जसले तिमीहरूलाई सान्त्वना दिन्छु।
मरणशील मानिसदेखि घाँसजस्तै ओइलाउने
मानिसका सन्तानदेखि डराउने तिमीहरू को हौ?
शोक गर्नेहरू धन्य हुन्,
किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।