Publicidade

Salmos 14

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1 मूर्खले आफ्नो मनमा भन्छ,

"परमेश्‍वर छँदैछैन।"

तिनीहरू भ्रष्‍ट छन्, तिनीहरूले नीच काम गर्दछन्;

असल काम गर्ने कोही पनि छैन।

2 याहवेहले स्वर्गबाट

सबै मानिस जातिलाई हेर्नुहुन्छ,

यो जान्‍नलाई कि कोही त समझदार होला,

जसले परमेश्‍वरको खोजी गर्दछ।

3 तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्;

असल गर्ने कोही छैन;

एक जना पनि छैन।

4 के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्?

रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्;

तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्।

5 तर त्यहाँ तिनीहरू डरले काम्छन्;

किनकि धर्मीहरूको समूहमा परमेश्‍वर उपस्थित हुनुहुन्छ।

6 तिमी दुष्‍ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ;

तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ।

7 अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो!

जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ,

तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-