Publicidade

Salmos 57

सङ्गीत निर्देशकको निम्ति, "विनाश नगर" लयमा आधारित, शाऊलबाट भागेर ओडारमा बास बस्दा दावीदको मिक्ताम।

1 ममाथि कृपा गर्नुहोस्, हे मेरा परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्;

किनकि म तपाईंमा शरण लिन्छु।

जबसम्म यो विपत्ति हट्दैन,

तबसम्म म तपाईंको पखेटाको छायामुनि शरण लिनेछु।

2 म सर्वोच्‍च परमेश्‍वरलाई पुकार्छु,

परमेश्‍वरलाई, जसले मलाई निर्दोष प्रमाणित गर्नुहुन्छ

3 उहाँले स्वर्गबाट सहायता पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ;

मलाई खेदो गर्नेहरूलाई उहाँले हप्काउनुहुन्छ, सेला

परमेश्‍वरले आफ्नो अचुक प्रेम र विश्‍वसनीयता पठाउनुहुन्छ।

4 म सिंहहरूको बीचमा छु;

हिँस्रक जनावरहरूजस्ता मानिसहरूका बीचमा बस्‍न म बाध्य छु;

जसका दाँतहरू धारिला तरवार र काँड हुन्,

जसका जिब्रा धारिलो तरवारजस्तै छन्।

5 हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्;

सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!

6 तिनीहरूले मेरा पाउहरूका निम्ति जाल बिछाएका छन्;

म सङ्कष्‍टले झुकेको छु।

तिनीहरूले मेरो मार्गमा खाडल खनेका छन्,

तर तिनीहरू त्यस खाडलमा आफैँ परेका छन्। सेला

7 हे परमेश्‍वर, मेरो हृदय स्थिर छ,

मेरो हृदय स्थिर छ;

म गाउनेछु र धुन बजाउनेछु।

8 हे मेरो प्राण, उठ्!

हे सारङ्गी र वीणा जाग्!

म प्रभातलाई जगाउनेछु।

9 हे प्रभु, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;

जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।

10 किनकि तपाईंको प्रेम महान् छ, आकाशझैँ उच्‍च छ;

तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।

11 हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्;

सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-