Publicidade

Salmos 95

1 आओ, हामी याहवेहको निम्ति आनन्दले गाऔँ;

हाम्रा मुक्तिका चट्टानको निम्ति उच्‍च सोरले जयजयकार गरौँ!

2 धन्यवाद चढाउँदै उहाँको सामु आऔँ,

भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ!

3 किनकि याहवेह महान् परमेश्‍वर हुनुहुन्छ,

सबै देवहरूमाथि महान् राजा।

4 पृथ्वीका गहिराइहरू उहाँको हातमा छ;

र पर्वतका चुचुराहरू उहाँकै हुन्।

5 समुद्र उहाँकै हो, किनकि त्यो उहाँले नै बनाउनुभएको हो,

र सुक्खा जमिन उहाँकै हातद्वारा बनिए।

6 आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ;

याहवेह हाम्रा सृष्‍टिकर्ताको अगि घुँडा टेकौँ;

7 किनकि उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ;

अनि हामी उहाँको खर्कका प्रजा र

उहाँको रेख-देखमा रहेको बगाल हौँ।

यदि आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,

8 "तिमीहरूले मेरीबामा गरेजस्तो आफ्नो हृदय कठोर नपार;

जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्सामा गरेका थियौ,

9 जहाँ तिमीहरूका पुर्खाहरूले मलाई परीक्षा गरे;

तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मेरो जाँच गरेका थिए।

10 चालीस वर्षसम्म म त्यस पुस्तासँग रिसाएँ,

र मैले भनेँ, ‘यी यस्ता मानिसहरू हुन्, जसका हृदय बरालिएर जान्छन्,

र तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्।’

11 यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ,

‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।’ "

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-